२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालुङटारमा जग्गाको कित्ताकाट खुल्ला

अ+ अ-

गोरखा । गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको छ । नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधानअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए ।

नगरक्षेत्रभित्रका जग्गालाई नौ भागमा वर्गीकरण गरिएको उनले बताए । ‘’कृषि, व्यावसायिक, सांस्कृतिक तथा पुरातात्त्विक, वनक्षेत्र, नदी खोला, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग र आवासीयसहित नौ भागमा जग्गा वर्गीकरण गरिएको छ, नगरप्रमुख चिन्तनले भने, “वर्गीकरणको सबै काम सम्पन्न भएकाले जग्गा कित्ताकाट पनि खुल्ला गरिएको हो ।’

नगरपालिकाले नापी विभागले उपलब्ध गराएको नापी नक्सामा कतिपय कित्ता नम्बर नबुझिने भएकाले त्यसलाई पनि हालको मापदण्डअनुसार नै भूउपयोग क्षेत्रमा वर्गीकरण गरिएको उनले जानकारी दिए । त्यस्ता कित्ताको हकमा कुनैपनि जग्गा धनीले स–प्रमाण पेस गरेमा सम्बन्धित वडाले अद्यावधिक गरी सिफारिस दिनुपर्ने र सोही समयमा त्यस्ता कित्ताको परिमार्जन तथा अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको थियो ।

कित्ता, नापी नक्सा तथा फाइल नक्सा अध्यावधिक नभएका स्थानमा हालको वर्गीकरणअनुसार जुन कित्ता भिडान हुन्छ त्यहीँ अनुसार कित्ता अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको छ । अहिले वर्गीकरण गरिएका कुनै पनि कित्ता मालपोतमा सिफारिस गर्नुअघि नै अन्य वर्गमापर्ने पर्याप्त आधार पेस भएमा सोही अनुसारको सिफारिस गरी अध्यावधिक गर्ने व्यवस्था वर्गीकरणमा गरिएको छ ।

नगरप्रमुख चिन्तनले नगरक्षेत्रभित्रका जग्गाको वर्गीकरण गरी स्थानीय भूउपयोग परिषद्को बैठकबाट स्वीकृतसमेत भइसकेको जानकारी दिए । स्वीकृत भूउपयोग क्षेत्रको वर्गीकरण नापी कार्यालय र मालपोत कार्यालयमा पेस गरिसकिएकाले नगरक्षेत्रभित्रका जग्गा कित्ताकाट खुल्ला गरिएको उनको भनाइ थियो ।

सबै प्रक्रिया पूरा भएपछि भूउपयोग क्षेत्र वर्गीकरण गरी नगरपालिकाले जग्गाधनी दर्ता प्रमाण पुर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको ब्यहोरा अद्यावधिक गर्न सार्वजनिक सूचनासमेत जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।

‘’नगरपालिकाको स्वीकृत भूउपयोग क्षेत्र वर्गीकरणको तथ्याङ्क सङ्घीय भूउपयोग परिषद्, प्रदेश भूउपयोग परिषद्, नापी विभाग, नापी कार्यालय र मालपोत कार्यालयमा पठाउने निर्णय बमोजिम सबैलाई पठाइ सकिएको छ, उनले भने,“सबै काम सम्पन्न गरेर कित्ताकाट गर्न पाउने गरी नगरपालिकाले सूचना पनि प्रकाशन गरिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस