वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्दै धनकुटा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्दै धनकुटा


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ। धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो।

नगरपालिकाले पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी-कामदार उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए।

नगरमा रहेका बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउन सहयोग पुर्‍याउँदै यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग–व्यवसाय, बैंकिङ, पर्यटन, होटेललगायत क्षेत्रमा रोजगारी उपलब्ध गराउन तथा साना, घरेलु उद्यमीलाई प्रोत्साहन गर्न मेला फलदायी हुने मेयर तामाङले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस