शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् ।

बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले प्रहरीले यस प्रकरणमा निष्पक्ष छानबिन र अनुसन्धान गरिरहेको भन्दै निर्दोष आतङ्कित हुन नपर्ने बताए ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले स्वतन्त्र र निष्पक्ष छानबिन र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । तर अहिले कोही निर्दोष डराउनु पर्दैन जो दोषी छन्, अपराधकर्ताहरूलाई अब सरकारले छोड्दैन बा भन्ने पर्‍या छ भने ठिक हो । तर निर्दोष कोही आतङकीत हुनुपर्दैन ।’

उनले सरकारको भ्रष्टाचारविरुद्धको अभियानले अरु भ्रष्टाचारमा संलग्न रहेकाहरू पनि म पनि पर्ने होकि भनेर डराउन थालेको दाबी गरे । सरकार लोकतन्त्रको पक्षमा दृढ रहेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस