सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा चलखेल भयो : मन्त्री बस्नेत « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा चलखेल भयो : मन्त्री बस्नेत


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले आफूले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने प्रस्तावमा चलखेल भएको आरोप लगाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित रक्तदान दिवस विशेष कार्यक्रममा उनले स्वास्थ्य बीमाको अवस्था राम्रो नभएको र सुर्तीजन्य पदार्थबाट आएको करले विपन्न व्यवारिसे तथा गरिबलाई सहयोग गर्ने उद्देश्य लिएको बताए ।

‘स्वास्थ्य विमा अहिले अलपत्र अवस्थामा रहेको छ । हामी भन्ने बेलामा जनताको निःशुल्क उपचार भन्छौं तर गरिब व्यक्ति तथा बिरामीहरू हस्पिटलको शय्या बाट उपचार गर्न नसकेर घरमै बस्न पर्ने अवस्था आएको छ ।’ उनले भने ‘सुर्तिन्य पदार्थमा कर बढाएर त्यसबाट उठाएको अर्ब औं रुपैयाँ पैसा विपन्न व्यवारिसे गरिबलाई सहयोग गर्ने भनेर कार्य योजना ल्याएको तर यसमा विभिन्न खालको चलखेल भएको कारणले गर्दा हुनु पर्ने जति वृद्धि भएको छैन ।’ उनले शिक्षा र स्वास्थ्यको लागि सरकार प्रतिबद्ध रहेको बताए ।

यो क्षेत्रमा व्यथित र विसंगती पनि भयसँगै त्यसको समाधान गर्न आफूहरू लागि परेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस