अर्काको नाममा लोक सेवाको परीक्षा दिने सुब्बा र सह लेखापाल पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अर्काको नाममा लोक सेवाको परीक्षा दिने सुब्बा र सह लेखापाल पक्राउ


३१ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सह लेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र त्यही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।

लोकसेवा आयोगले बुटवल केन्द्रमा खरिदार मधेसी पदका लागि २०७७ साल फागुन २९ गते प्रथम र २०७८ साउन ४ गते लिएको परीक्षामा मनोजकुमार शर्मा सुतिहारको नाममा नारायण यादवले परीक्षा दिएको पाइएपछि लिखित सम्बन्धी कसुर मुद्दामा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

अर्काको नामबाट परीक्षा दिएर र दिन लगाएर बेइमानी गरेकाले अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस