काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईविरुद्ध दायर रिटमाथि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
द्वन्द्व कालिन समयमा बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि मङ्गलवार सुनुवाइ भएको थियो । सोही रिटको सुनुवाइ गर्दै अदालतले प्रतिवादी बनाइएकाहरूसँग जवाफ मागेको हो ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो ।
सम्बन्धित समाचार : प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ सुरु