काठमाडौँ । जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई नेपाली काँग्रेसले गरेको कारबाही फुकुवा गरेको छ ।
उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसले जनता समाजवादी पार्टी जसपाका लाल किशोर साहलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर पार्टीको निर्देशन विपरीत मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।
काँग्रेस अनुशासन समितिका संयोजक आनन्दकुमार ढुङ्गानाले धनुषा जिल्ला सभापतिलाई पत्र पठाउँदै मनोजकुमार साहमाथिको कारबाही फुकुवा भएकाले जानकारी दिए । उनलाई साविककै जिम्मेवारीमा रहेर कामकाज गर्न दिनसमेत निर्देशन दिएका छन् ।