२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ : उपमहासचिव खरे

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ, मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताएका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनमा भएको सहभागिता, अभ्यास र प्राप्त नतिजाले त्यसलाई पुष्टि गरिरहेको बताए ।

संयुक्त राष्ट्रसङ्घ, सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चार दिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा भाग लिने क्रममा उपमहासचिव खरे यहाँ आएका छन् ।

उपमहासचिव खरेले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा परिचालित नेपाली शान्ति सेनाले नवीनतम सूचना प्रविधिको प्रयोग गरिरहेकामा प्रशंसा गर्दै शान्ति सेनामा डिजिटल रूपान्तरणका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताए । उनले नेपाली सेनाले मिसनअन्तर्र्गत रही शान्ति सुरक्षा कायम गर्न असरदाररुपमा डिजिटल प्रविधि र उपकरण प्रयोग गरेकामा खुसी पनि व्यक्त गरे ।

शान्ति स्थापनार्थ खटिएका सुरक्षाकर्मीलाई आम नागरिकको सुरक्षा मुख्य चासो रहने बताउँदै उपमहासचिव खरेले शान्ति स्थापना कार्यमा आन्तरिकरुपमा प्रभावकारीरुपमा सञ्चालन हुने सञ्चार प्रद्धतिका लागि थप गृहकार्य भइरहेको जानकारी दिए । उनका अनुसार, त्यस पद्धतिअन्तर्गत युएचएफ, भिएचएफ, रेडियो, इन्टरनेट र अरू सबै प्रकारका सञ्चार प्रयोग हुनेछ ।

उनले शान्ति स्थापना कार्यमा खटिने जनशक्तिले भोग्नु परेका अप्ठेराहरूलाई प्रविधिको प्रयोगले कसरी कमिल्याउन सकिन्छ भन्नेमा गोष्ठी महत्त्वपूर्ण साबित हुने उल्लेख गरे । उपमहासचिव खरेले एकीकृत तालिम तथा क्षमता अभिवृद्धि, टेलिमेडिसियन, शान्ति स्थापना कार्य सञ्चालनमा सूचनाको प्रयोग अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको बताए ।

उनले शान्ति सैनिकका सुरक्षाका लागि अवलम्बन गरिएका विषयहरूले उनीहरूको जीवनस्तरमा सुधार ल्याउनाका साथै वातावरण संरक्षणमा समेत सहयोग पुग्ने उनले उल्लेख गरे । उपमहासचिव खरेले धेरै शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो तथा शान्ति स्थापना कार्यमा धेरै महिला सैनिक पठाउने मुलुकमा नेपाल पहिलो भएको रहेको भनी नेपालको प्रशंसा गरे ।

सो अवसरमा सहायक महासचिव द्वय बेर्नार्डो र मार्था हेलेना लोपेज् सहायक महासचिव, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, नेपाली सेना शान्ति कार्य निर्देशक सन्तोषबल्लभ पौडेल लगायतले शान्ति सैनिकले सूचना प्रविधिको क्षेत्रमा प्रयोग गरिरहेको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस