तनहुँमा बोराभित्र भेटियो महिलाको शव « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

तनहुँमा बोराभित्र भेटियो महिलाको शव


३० जेष्ठ २०८०, मंगलबार


दमौली । तनहुँको व्यास नगरपालिका-४ स्थित चिहान डाँडा नजिक बोराभित्र मङ्गलवार एउटा शव फेला परेको छ ।

चिहान डाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए ।

घटनास्थलमा डीएसपी खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्य तथ्य पत्ता लाग्छ ।’

व्यास नगरपालिका–४ का वडा सदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन’, प्रनाउ खाँणले भने । उक्त बाटो हिँडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस