२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसपार्क सञ्चालन गर्न कार्यविधि पारित

अ+ अ-

बागमती । मकवानपुरको थाहा नगरपालिकाको कार्यपालिका बैठकले थाहानगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पारित गरेको छ । सो कार्यपालिकाको सोमबार सम्पन्न बैठकको निर्णयका आधारमा थाहा नगरपालिका– ४ मा निर्माणधीन बसपार्क सञ्चालन हुने बताइएको छ ।

कार्यविधिअनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरी नगरप्रमुखले सिफारिस गरेका व्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन हुने निर्णय गरेको छ । समितिमा एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । समितिका सदस्यमा नगरप्रमुख, यातायात व्यवसायीमध्येबाट एक, उद्योग वाणिज्य सङ्घको तर्फबाट एक र उपभोक्ताबाट एक जना रहने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरी सुझाव सङ्कलन गर्नेलगायत विभिन्न निर्णय गरेको नगरपालिकाका प्रवक्ता हेरमान गोपालीले जानकारी दिए । साथै बैठकले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०८० तथा व्यापार–व्यवसायसम्बन्धी कार्यविधि, २०७७ लाई संशोधनसमेत गरेको बताइएको छ ।

बैठकले नगरभित्र निर्माण हुने घरको नक्सा पास कार्यविधि ल्याइने निर्णय गरेको हो । थाहा नगरपालिकाभित्र निर्माण भइसकेको र निर्माणाधीन घरको नक्सा पास गर्नुपर्ने मापदण्डअनुसार निर्माण भएका भवनको निर्माण पत्र दिने र मापदण्डविपरीत निर्माण भएका घरको अभिलेखीकरण गर्ने तथा नयाँ निर्माण हुने घरलाई भवन निर्माणसम्बन्धी कार्यविधि बनाई नक्सा पास भएपछि मात्र घर निर्माण गर्न आग्रहसमेत गर्ने बताइएको छ ।

त्यसैगरी घर निर्माणका लागि ‘डिपिसी’ गरेर राखेका घरको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्नेसमेत निर्णय गरिएको प्रवक्ता गोपालीले बताए ।

प्रतिक्रिया दिनुहोस