१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय कविता महोत्सवका लागि ८ सय ९२ कविता

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ ।

प्रतियोगितामा इमेलबाट आठ सय ४८ र ४४ वटा कविता दर्ता भएका छन् । यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले जानकारी दिए ।

यस पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुनेछ । यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही रु १५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ । यस पटकबाट समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको जनाइएको छ ।

‘प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ । महोत्सवमा सबै नेपाली भाषा/मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यसपटक विगतभन्दा बढी कविले भाग लिएका छन्’, कुलपति राईले भने, ‘यसपटकको राष्ट्रिय कविता महोत्सव साँच्चिकै राष्ट्रिय र साँच्चिकै महोत्सवका रूपमा सम्पन्न हुन गइरहेको छ । हाम्रो राष्ट्रिय कविता महोत्सवको यस समावेशी ढाँचालाई बहुसङ्ख्यक कविले आत्मसात् गरेर अनुमोदन गरेको कुरा यसले पुष्टि गर्दछ ।’

यसैगरी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्यविभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव समावेशिताको नयाँ रूप र स्वरूपअनुसार हुन गएकाले पनि कविहरूको आकर्षण बढेको बताए ।

प्रतिक्रिया दिनुहोस