२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय पर्यटकले रोज्ने भुक्तानी माध्यमबारे अध्ययन गर्दै राष्ट्र बैंक

अ+ अ-

काठमाडौँ । राष्ट्र बैंकले नेपाल आउने भारतीय पर्यटकहरूको रोजाइको भुक्तानी माध्यमबारे अध्ययन गर्ने तयारी गरेको छ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण क्रममा नेपाल-भारतबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको थियो।

यही सम्झौतालाई सघाउने गरी यस्तो अध्ययनको तयारी गरेको राष्ट्र बैंकले जनाएको छ । 

पर्यटन बोर्डको तथ्यांकअनुसार हाल वार्षिक सरदर दुई लाख १० हजार भारतीय पर्यटक आउँछन्। अहिले नेपालले पाँच सय र दुई हजारका भारतीय नोट चलनचल्तीमा रोक लगाएको छ। यस्तो अवस्थामा डिजिटल प्रविधि समेत असहज हुँदा भारतीय पर्यटक निरुत्साहित हुने सम्भावना भएको भन्दै अध्ययन थालिएको हो।

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) को सन् २०२२ को तथ्यांकअनुसार करिब ६५ करोड १० लाख भारतीयले ‘रूपे कार्ड’ प्रयोग गर्छन्। सन् २०७९ मै भारतीयहरूले नेपाल भ्रमण क्रममा रूपे कार्ड प्रयोग गर्न सकिने गरी सुविधा दिइएको थियो। २०७८ चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा यस्तो सम्झौता भएको थियो।

भारतीय मध्यम वर्गमा ‘रूपे कार्ड’को प्रयोग बढी छ। नेपाल भ्रमणमा आउने पर्यटकहरू यही मध्यम वर्गीय हुन्। तर उनीहरूले यहाँ रूपे कार्डको सहज प्रयोग गर्न सकिरहेका छैनन्।  

पछिल्लो समय भने दुई देशको भुक्तानी प्रणाली नै एकअर्कामा अन्तरआबद्ध (इन्टिग्रेटे) गराउने प्रयासले भएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

सम्झौताअनुसार भारतको नेसनल पेमेन्ट कर्पोरेसनले विकास गरेको भुक्तानी प्रणाली ‘युनिफाइड पेमेन्ट इन्टरफे’ र नेपाल क्लियरिङ हाउस लिमिटेडले विकास गरेको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ बीच अन्तरआबद्धता गरिन लागेको हो।

योसँगै आगामी दिनमा दुवै देशका केन्द्रीय बैंकहरूबीच थप सहमति हुनेछ। विशेषगरी, कारोबार सीमा, कारोबार शुल्क लगायत विषयमा दुवै देशका केन्द्रीय बैंकहरूबीच सहमति गरिनेछ। क्युआर कोड, पस मेसिन वा एटिएमस सबै माध्यमबाट भुक्तानी गर्न वा रकम झिक्न सक्ने व्यवस्था हुनेछ। 

प्रतिक्रिया दिनुहोस