काठमाडौँ । वीरगञ्जमा नाला सफा गर्ने क्रममा बन्दुकका गोली फेला परेका छन्। सफा गर्ने क्रममा नालाभित्रबाट एक सय २ वटा गोली फेला परेका हुन्।
आइतबार वीरगञ्ज महानगरपालिका-६ स्थित ठूलो नाला सफा गर्नेक्रममा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ।
महानगरको जेसिबी लगाएर नाला सफा गरिरहेको बेलामा सोही क्रममा नालाबाट गोली फेला परेको हो। नालाबाट फेला परेको गोली धेरै पुरानो भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फेला परेको गोलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको तथा सो सबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।