आजको मौसम कस्तो रहला ?  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजको मौसम कस्तो रहला ? 


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसका कारण सो भू-भागहरूमा तातो हावा र ‘लू’ चलिरहने देखिन्छ ।

शनिबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस