सुरु भयो चीन–काठमाडौँ दैनिक उडान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुरु भयो चीन–काठमाडौँ दैनिक उडान


२६ जेष्ठ २०८०, शुक्रबार


चीन । चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो ।

सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।

चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र हो ।

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल जाने पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ । दैनिक उडान भएपछि चीन आउने र जाने हवाई टिकट पनि सस्तो भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस