काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । उनले चुरे चलाए देशमा आगो बल्ने चेतावनी समेत दिएका हुन् ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि संसदमा बिहीबार भएको छलफलमा भाग लिँदै एमाले सांसद पन्तले सरकारको नीति कार्यक्रमदेखि बजेटमा समेत चुरेको ढुङ्गा गिट्टी निर्यातको योजना आएको बताए ।
उनले भने, ‘नीति तथा कार्यक्रममा पनि आएको छु, प्रधानमन्त्रीले भाषण गर्दै हिँड्नु भएको छ र तपाईँको बजेटमा पनि आएको छ । चुरे नछुनुहोला, चुरे छुनुभयो भने देशमा आगो बल्छ ।’
प्राकृतिक संशाधन बेचेर देश कहिल्यै धनी नहुने र चुरेको ढुंगामाटो निर्यात गरेर मुलुकको खर्च टार्न नसकिने उनले बताए ।