२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बजेटमा कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ’

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष ०८०-८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष ०८०-८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गरेका हुन्। 

उनले बजेट संविधानले परिकल्पना गरे अनुरूपको समाजवाद उन्मुख नभएको बताए। बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको बताउँदै उनले बजेटले लक्ष्यअनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने दाबी गरे। 

उनले भने, ‘बजेट समाजवाद उन्मुख छँदै छैन। बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ। यस किसिमको बजेटले समाजवाद उन्मुख बाटो पक्रन सक्दैन। समाजवाद उन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ। आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ। तर, यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ। यही तरिकाले अगाडि बढ्ने हो भने २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन पनि सम्भव छैन। भ्रष्टाचारलाई नियन्त्रण गर्ने कुनै कन्ट्रोल प्लान छ ? कहीँ केही छैन त। कुरा गरेर भ्रष्टाचार नियन्त्रण हुँदैन। भ्रष्टाचार के गरी नियन्त्रण हुन्छ ? कसरी नियन्त्रण गर्ने हो ? त्यस विषयमा अध्ययन गरेर एक्सनप्लान अगाडि आउन आवश्यक छ। बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी देखिन्छ।’ 

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्ने गरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए। 

प्रतिक्रिया दिनुहोस