काठमाडौँ । नेपालमा वातावरण काउन्सिल आवश्यकता रहेको यस क्षेत्रमा संलग्नहरूले गरेका छन् ।
विश्व वातावरण दिवसको अवसर पारेर नेपाल वातावरण समाज (नेस), नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेश र नेपाल वातावरण इन्जिनियर समाजले संयुक्त रूपमा आयोजना गरेको परिसंवाद कार्यक्रममा वातावरण काउन्सिलको आवश्यकता औँल्याइएको हो ।
वातावरणीय अध्ययन प्रतिवेदनको गुणस्तर कायम हुन नसकेको, जसले पनि वातावरणीय परीक्षण गर्ने तर गुणस्तर कायम नहुँदा नियमन गर्नका लागि एउटा निकायको माग भएको हो ।
इन्जिनयरहरुलाई पनि लाइसेन्स दिएपछि मात्रै काम गर्ने भएकाले वातावरणविद्हरूलाई पनि त्यस्तै किसिमको लाइसेन्स दिएर नियमन गरिनुपर्ने अध्यक्ष केसीले बताए ।