काठमाडौँ । अबदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने भएको छ।
सरकारले आर्थिक विधेयक २०८० अनुसार विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले शिक्षण शुल्क बापत विदेशी मुद्रा सटही सुविधा लिँदा त्यस्तो सटही रकममा विद्यार्थीले तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने व्यवस्था गरेको हो। यस अघि यो २ प्रतिशत मात्र थियो। विदेशी मुद्रा सटही सेवा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षण सेवा शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको २५ गते भित्र राजस्व खातामा दाखिला गरी त्यसको विवरण राजस्व कार्यालयमा पठाउनुपर्ने व्यवस्था विधेयकले गरेको छ।
नेपाली विद्यार्थीलाई विदेशमा उच्च शिक्षा शिक्षा हासिल गर्न कर लगाउनले सरकारले विदेशी शैक्षिक संस्थाहरूले नेपालमा परीक्षा सञ्चालन गरी नेपाली विद्यार्थीबाट करौडौं रकम असुली कर छली गरी सोझै विदेशका शैक्षिक संस्थामा लग्दा समेत नेपाल सरकारको ध्यान पुग्न सकेको छैन।
टोफेल, जिआरई, पिटिई, स्याट लगाएतका भाषा शिक्षणको परीक्षा लिने विदेशी परीक्षा बोर्डले परीक्षा सञ्चालन गरी रकम बैंक मार्फत सिधै बिदेसिने गरेका छन् ।