२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले विश्वास गुमाइसक्यो : गगन थापा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको कारणले पार्टीको बैठक बस्न नसकेको आरोप लगाएका छन् ।

काठमाडौँमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभाग गठन गर्न पनि चासो नदिएको बताए ।

महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौँ ।’

उनले अहिले काँग्रेसले विश्वास गुमाएको टिप्पणी गरे ।

उनले भने, ‘भोट पाएको तर, विश्वास गुमाएको छ । भोट नपाएको भए त चुनाव कसरी जित्ने ? हामी अहिले ठूलो पार्टी छौँ, अस्तिमात्रै चुनाव जितेको । हामीले भोट पाएको अवस्था भएपछि त्यसको चिन्ता नगरौँ । अब विश्वासलाई पुनः स्थापित गर्‍यौँ भने भोट आफैँ आउँदो रहेछ । त्यसैले अब विश्वासको वातावरण बनाउने अहिलेको एकमात्रै सूत्र भनेको काँग्रेसलाई बदल्ने हो ।’

अहिलेको काँग्रेस पार्टी र नेतालाई जस्ताको तस्तै राखेर पार्टी नबन्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस