खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ : खेलकुद मन्त्री  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ : खेलकुद मन्त्री 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापनपत्र बुझेपछि मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन् । 

ज्ञापनपत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातावरण मिलाउने प्रबन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताए । 

खेलसँग जोडिएका खेलाडीहरूलाई खेलपछिको बाँकी जीवन बिताउनका लागि खेलको अलावा व्यावसायिक हुनेगरी समय प्रबन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गरे । 

यस्तै विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निमार्णका लागि पनि सरकारले कार्यक्रम अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताए । 

खेलाडीको वृत्ति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पारे ।  

Tags :
प्रतिक्रिया दिनुहोस