प्रदेश १ आन्दोलन : कार्यकर्ता नछाडे हडताल गर्ने चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ आन्दोलन : कार्यकर्ता नछाडे हडताल गर्ने चेतावनी


१६ जेष्ठ २०८०, मंगलबार


विराटनगर । संयुक्त सङ्घर्ष समितिले प्रदेश १ पुनः नामाङ्कन गनु पर्ने भन्दै आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनका क्रममा ८६ जना पहिचानवादिहरु पक्राउ परेका छन् । सो आन्दोलनमा पक्राउ परेकाहरूलाई नछाडे प्रदेशमा अनिश्चित कालीन हडताल गर्ने समितिले चेतावनी दिएको छ ।

आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता तत्काल रिहाइको माग गरेको छ । यदि माग सम्बोधन नभए बुधवारबाट अनिश्चित कालीन आमहडताल गर्ने चेतावनी दिइएको छ।

यस्तो छ संयुक्त सङ्घर्ष समितिले जारी गरेको विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस