११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याराथन प्रतियोगिताका खेलाडीहरूलाई टिसर्ट, क्याप हस्तान्तरण

अ+ अ-

डोटी । हाई अल्टिच्युट खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ ।

भू-स्वर्गकारुपमा परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलालाई लक्षित गर्दै हुने (हाई अल्टिच्युट) खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताका खेलाडीहरूलाई आइतबार एक कार्यक्रमका बिच टिसर्ट, क्याप हस्तान्तरण तथा लोगो अनावरण गरिएको आयोजकले जनाएको छ ।

धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण खप्तडलाई हाई अल्टिच्युट म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन सहयोग पुग्ने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भई खेलाडीहरूलाई टिसर्ट, क्याप वितरण गरिनुका साथै लागो अनावरण गरिएको प्रमुख सेनानी कार्कीले बताए ।

म्याराथन प्रतियोगिता सञ्चालन अवधि भर सम्भावित जोखिम लाई ध्यानमा राखी हेलिकप्टर गस्ती गरिने समेत प्रमुख सेनानी कार्कीले बताए ।

कार्य तालिमका अनुसार ज्येष्ठ १३ देखि १६ गते सम्म खप्तड क्षेत्रमा भलिबल, देउडा, घोडा दौड प्रतियोगिता सञ्चालन भइरहेका आयोजकले जनाएको छ । त्यस्तै १६ गते जिल्ला सदरमुकाम सिलगढीको टुडीखेलमा सुदूर पश्चिमको कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै ज्येष्ठ १७ गते पुरुषहरूका लागि हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म प्रतियोगिता गरिने भएको छ ।

खप्तड– शैलेश्वरि म्याराथन ४२ किलोमिटर पुरुष तर्फ प्रथम हुनेले १ लाख २५ हजार, दोस्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार नगद र महिला तर्फ प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । हाई अल्टिच्युट म्याराथन प्रतियोगितामा एक सय जना सहभागिता रहने छन् जसमा विदेशी खेलाडीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । यस अघि पनि भैरव प्रसाद गण नेपाली सेनाको व्यवस्थापनमा प्रथम खप्तड-शैलेश्वरि म्याराथन प्रतियोगिता २०७९ सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस