२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परासीका सिडिओसहित २२ सहसचिवको सरुवा, अर्थ फर्किए शोभाकान्त !

अ+ अ-

काठमाडौँ । सरकारले २२ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को सरुवा गरेको छ । सरुवा हुनेमा केही पुरानादेखि केही नयाँ मिलानसम्म रहेका छन् । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार खानेपानी मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल अर्थ मन्त्रालय गएका छन् भने उनको ठाउँमा सत्य निरूपण तथा मेलमिलाप आयोगका अर्जुन गौतमलाई पठाइएको छ ।  पौडेल अर्थमा गएसँगै कतिपयले भन्सार विभागको महानिर्देशक हुने आँकलन गरेका छन् तर अर्थ स्रोतका अनुसार उनी केही समय मन्त्रालयमै बस्न र भन्सारमा उत्तर कुमार खत्री जाने चर्चा छ । यद्यपि मन्त्री डा. प्रकाश शरण महतले हाल विभागमै उपमहानिर्देशक रहेका शेवन्तक पोखरेललाई बचन दिएको कुरा पनि छ । 

जिल्ला प्रशासन कार्यालय नवलपरासी(सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई राष्ट्रपतिको कार्यालय पुगेका छन् । सहसचिव मदन भुजेलको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सरुवा भएको छ भने कृषिका काली प्रसाद पराजुलीलाई चिकित्सा शिक्षा आयोगमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका नारायण प्रसाद शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिमका भगवान् अर्याललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश राउतको गृह मन्त्रालयमा सरुवा भएको छ । 

केही दिन अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका कमल प्रसाद भट्टराईको सामान्यमै यथावत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीका शन्त बहादुर सुनारलाई गृह मन्त्रालय, शहरी विकास अन्तर्गतका गणेश राज वस्तिलाई प्राकृतिक स्रोत तथा वित्त आयोग र त्यहाँका दिपक कुमार दासलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

सङ्घीयको अतिरिक्तमा रहेका कमल कुमार अधिकारीलाई शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, बागमतीका धिरेन्द्र कुमार प्रधानलाई वन तथा वातावरण मन्त्रालय र मन्त्रालयका यज्ञनाथ दाहाललाई बागमती वनमा पठाइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कविराज पौडेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, उद्योग, कृषि तथा सहकारी कोशीका मेघ नाथ तिमल्सेनालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषिका लेखनाथ दाहाललाई उद्योग, कृषि तथा सहकारी कोशी, प्रदेश नीति तथा योजना आयोग, कर्णालीका लोक प्रसाद न्यौपानेलाई प्रदेश लोक सेवा आयोग कर्णाली र अख्तियार अन्तर्गत कार्यरत सहसचिव गोपाल कुमार अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको सूची प्रशासन ब्युरोलाई प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस