२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से १६.४९ अङ्कले बढ्यो

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७० कम्पनीको ४८ लाख ६५ हजार चार सय ७५ कित्ता शेयर ३४ हजार आठ सय ४१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।

आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः सात दशमलव ४५, सात दशमलव ५१ र शून्य दशमलव ०३ अङ्कले घटेको छ । अरु सबै समूहको उपसूचक भने बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक दुई सय २० दशमलव ६६ र होटेल तथा पर्यटन समूहको उपसूचक एक सय ७१ दशमलव ४७ अङ्कले बढेको छ ।

बैैंकिङ समूह दुई दशमलव १५, विकास बैंक शून्य दशमलव ३०, लगानी शून्य दशमलव ३४, जीवन बीमा एक सय २० दशमलव २० र लघुवित्त समूह ७७ दशमलव ११ अङ्कले बढेको छ । त्यसै गरी, निर्जीवन बीमा समूह एक सय २१ दशमलव ४५, व्यापार समूह ३५ दशमलव १५ र अन्य समूह २१ दशमलव ०९ अङ्कले बढेको छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सानिमा इक्विटी फण्डको शेयर मूल्यमा तीन दशमलव ७७ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ६४ लाख ९१ हजार बराबरको तीन लाख २६ हजार ३४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस