२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७० सहकारीलाई ऋण तिर्न युवा स्वरोजगार कोषको ३५ दिने सूचना

अ+ अ-

काठमाडौँ । ७० वटा सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि कर्जा तिर्न आउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।

बुधबार एक सूचना प्रकाशित गर्दै कोषबाट थोक कर्जा लिएका ७० सहकारीले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने सावाँ, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन सूचना प्रकाशित गरेको छ ।

‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने सावाँ, व्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ कोषले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

तोकिएको समयमा रकम नबुझाएमा उक्त सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति एवं कर्जा उपसमिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) मा रहेका व्यक्तिहरूको तीनपुस्ते विवरण सहित रकम असुलीका लागि कालो सूचीमा राखी, राष्ट्रिय दैनिक पत्रिका एवं सम्बन्धित निकायहरूमा सूचना प्रकाशित गरिने ब्यहोरा कोषले जनाएको छ ।

७० वटा सहकारीले ५ लाखदेखि ४० लाखसम्म कर्जा चुक्ता गर्न बाँकी रहेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए । विभिन्न राजनीतिक पहुँचका आधारमा कोषको कर्जा नतिरी बसेको सहकारी संस्थालाई कोषले सूचना प्रकाशित गर्दै कर्जा असुली गरिरहेको उनले बताए । २०७३ देखि २०७५ सम्म कोषबाट कर्जा लिएर कर्जा चुक्ता गर्नुपर्ने मितिमा कर्जा चुक्ता नगरेका संस्थाहरूको सूची प्रकाशित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस