२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रोचोटी राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई एमालेको चेतावनी 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्। 

मङ्गलवार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिएका हुन्। 

उनले एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए। उनले राजाले शान्तिपूर्ण रूपले गद्दी छोडेको र दलहरूले पनि कुनै बदला नलिएको अवस्था रहेको भन्दै शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे। 

उनले भने, ‘ज्ञानेन्द्र दुइचोटी राजा हुनुभयो । तेस्रोचोटी राजा हुने प्रयत्न नगर्नुस्। किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो। अन्त धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समुल पारेका छन् । नेपालमा समझदारीले राम्रो के भयो भनेदेखि राजाले पनि जनताको भावना बुझेर शान्तिपूर्ण ढङ्गले गद्दी छोडे । र त्यो गद्दी छोडिसकेपछि कुनै बदलाको कारबाही पनि बहुदलवादीहरूले राजालाई गरेनन् । राजा भूतपूर्व राष्ट्राध्यक्षको रूपमा शान्तिपूर्ण ढङ्गले उहाँको कुनै सम्पत्ति पनि खोसिएको छैन। उहाँले कसरी कमाउनुभएको छ भनेर खोजीनिती पनि गरिएको छैन । ती सबै कुरालाई शान्तिपूर्ण ढङ्गले समाधान गरियो र राजालाई पूर्वराष्ट्राध्यक्षको रूपमा देशले सम्मान, सुरक्षा दिएको छ । त्यसको राजाले कदर गर्नुपर्‍यो । राजनीतिक लक्ष्य त्याग्नुपर्‍यो । राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भइहाल्यो।’

प्रतिक्रिया दिनुहोस