काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मौलिक विशेषता बोकेको प्रधानमन्त्रीको भएको जिकिर गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा गरिएका प्रश्नहरूको मङ्गलवार जवाफ दिँदै उनले यसअघि आफूलाई सत्ता र प्रतिपक्ष दुवैले समर्थन गरेको स्मरण गरेका हुन् ।
आफूलाई यसअघि सत्ता र प्रतिपक्षमा रहेका दुवै दलले समर्थन गरेको उनले बताए ।
उनले भने, ‘मौलिक विशेषता छ । अघिल्लो पटक सत्तापक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ मचाहिँ । ।यस्तो प्रधानमन्त्री पनि सितिमिति भेटिँदैन । नेपालको इतिहासमा मौलिक भेटिएको छ । ९९.२५ ले समर्थन गरेको भनेको शतप्रतिशत प्रतिनिधिसभाका सदस्यले समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ । हिजो सत्तापक्ष, प्रतिपक्ष दुवै, अहिले त्यही कार्यक्रमलाई निरन्तरता दिने मान्छे प्रधानमन्त्री । हिजो मैले प्रधानमन्त्री भएर पहिलो पटक संसद्मा प्रधानमन्त्रीको रूपमा सम्बोधन गर्दै केही धारणा र विचारहरू प्रस्तुत गर्दै गर्दा अहिले प्रतिपक्ष दलको नेताले मेरो भनाइहरूलाई हिस्टोरिकल र एक्सिलेन्ट दुई वटा शब्दले उठेर हात मिलाउनुभएको थियो, त्यो अहिले पनि टिभीमा पनि देखिन्छ । म त्यही मान्छे हुँ । यो विशेषता पनि नेपालको संसदीय इतिहासमा कहिलेकाहीँ मात्र भेटिने दुर्लभ विशेषता हो ।’