२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ : मन्त्री भुसाल

अ+ अ-

अर्घाखाँची । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।

मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताए ।

कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन बढाउन सकिने उनको भनाइ छ । पहिले खाद्यान्न निर्यात गर्थ्यौँ, अहिले खाद्यान्न आयात गछौँ । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यवसायीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको मन्त्री भुसालको भनाइ छ ।

भूमिका स्थान नगरपालिकामा आयोजित कृषि मन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताए ।

बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तवरको खेती गरिनेछ । पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायिकीकरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले धान, मकै, गहुँलगायतको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने बताए । उनले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हुँदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिए ।

भूमिका स्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकामा रहेको पाखोबारी तथा खेतका फाँटमा अन्नबाली, फलफूल, तरकारी र जडीबुटीको माध्यमबाट उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेर नगरले काम सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताए । भूमिका स्थान नगरपालिकाको वडा नं १० धनचौरमा जन्मिएका मन्त्री भुसालको सम्मानमा नगरले कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस