एडीबीले नेपाललाई दियो तीस करोड डलर  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

एडीबीले नेपाललाई दियो तीस करोड डलर 


५ जेष्ठ २०८०, शुक्रबार


मनिला । एसियाली विकास बैंक (एडीबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

भारत र बंगलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलब्ध गराउने निर्णय भएको हो । 

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रूपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् । 

मनिलास्थित बैंकको प्रधान कार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तर्राष्ट्रियस्तरको उक्त सडकमा ट्राफिक संकेत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस