२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीलाई विभागीय कारवाहीसहित एसपीको सरुवा गर्न माग

अ+ अ-

कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) को सरुवा माग गरेको छ । कञ्चनपुरमा रिपोर्टिङका क्रममा प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएसँगै घटनामा संलग्न प्रहरी अधिकृतहरूमाथि विभागीय कारवाहीसहित कार्यालय प्रमुखलाई फिर्ता गर्न भनिएको हो । 

मङ्गलवार साँझ महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरूबिच भइरहेका झडपको भिडियो खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोही विषयलाई लिएर पत्रकार महासङ्घ कञ्चनपुरका शाखाका अध्यक्ष माधव धामीको अध्यक्षतामा बसेको पत्रकारहरूको बैठकले एसपी कमल थापाको सरुवा गर्न माग गर्ने निर्णय गरेको हो।

पत्रकारलाई शान्तिपूर्ण वातावरणमा समाचार सङ्कलन गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग छलफलसमेत गर्ने भनेको महासङ्घ शाखाले एसपीलाई पाँच दिनभित्र सरुवा नगरिए एसपी थापा उपस्थित हुने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत गरिएको छ । 

यसैबीच नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले पनि रिपोर्टिङका क्रममा पत्रकारद्वय नाथ र कुँवरमाथि धरपकड गरेर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रदेश महासचिव रामसिंह ठगुन्नाले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रताको हनन भएको ठहर गर्दै घटनाको छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ ।

यसैगरी प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस