भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : सुजाता कोइराला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : सुजाता कोइराला


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै किसिमको संलग्नता नरहेको बताएकी छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । 

कोइरालाले भनिन्, “नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै किसिमको संलग्नता छैन । यो निष्पक्ष छानबिन भई दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”

अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालको बद्नामी हुने गरी यो प्रकरण अघि बढेकोले सबै सचेत हुनुपर्ने कोइरालाको भनाइ थियो ।

“नक्कली भुटानी शरणार्थी प्रकरणबारे विभिन्न देशमा चासो भएको छ । मलाई समेत देशविदेशबाट साथी इष्टमित्रले प्रश्न सोध्ने गर्नु भएको छ, हाम्रो मुलुकको छविलाई उच्च बनाउन सबैले राम्रो कार्यलाई मात्र प्रश्रय दिनुपर्छ,” कोइरालाले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस