अब हरेक चुनाव काँग्रेसले एक्लै लड्नुपर्छ : शेखर कोइराला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब हरेक चुनाव काँग्रेसले एक्लै लड्नुपर्छ : शेखर कोइराला


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन काँग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने बताएका हुन् ।

काठमाडौँमा बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औँ साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले पछिल्ला दिनहरूमा राजनीतिक दल र नेताहरूप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरू सुध्रिनुपर्ने बताएका छन् ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए । ‘जुनसुकै दल वा जुन तहका व्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस