२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव र उपसचिवसहित दर्जन बढी जिल्लाका सिडिओको सरुवा 

अ+ अ-

काठमाडौं । सहसचिव र उपसचिवसहित दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले उपत्यकाको ललितपुरलगायतका जिल्लाहरूमा सिडिओहरु परिवर्तन गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार ९ जना सहसचिव र १३ जना उपसचिवसहित २२ जना अधिकारीहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्र प्रसाद पण्डितलाई पठाइएको छ भने त्यहाँका प्रजिअ जय नारायण आचार्य गृह मन्त्रालयमा आएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य गएका छन् । 

यसैगरी सहसचिव बद्रि नाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय धादिङको प्रजिअ, तुलसी बहादुर श्रेष्ठलाई गृह मन्त्रालय, वासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय कास्कीको प्रजिअ, शिवराम न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय अछामको प्रजिअ, कमल राज ढकाललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र टेकबहादुर के.सी.लाई जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रजिअ बनाई पठाइएको छ । 

प्रशासनलाई प्राप्त विवरण अनुसार गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र र अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई गृहमा ल्याउँदै अर्घाखाँचीकी प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा गरेको छ । भक्तपुरका सप्रजिअ माधव प्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका उपसचिव कृष्ण पौडेललाई जिल्ला प्रशासन कार्यालय तेह्रथुम, तेह्रथुमका मोहन प्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय बर्दिया सप्रजिअ, अध्यागमन विभागका तुलाराज सुनुवारलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको सप्रजिअमा सरुवा गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय बर्दियाका सप्रजिअ रमेश पाण्डेयको गृह मन्त्रालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, गृह मन्त्रालयका डोरेन्द्र निरौलालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । 

त्यस्तै इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय भोजपुरको सप्रजिअ, जिल्ला प्रशासन कार्यालय रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालालाई जिल्ला प्रशासन कार्यालय इलामको सहायक प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयका बलराम  ढकाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको विवरण प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस