राजीनामा दिएको डेढ महिनापछि मन्त्री गुप्ताले फिर्ता गरे गाडी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजीनामा दिएको डेढ महिनापछि मन्त्री गुप्ताले फिर्ता गरे गाडी


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिए पनि सरकारी गाडी प्रयोग गर्दै आएका लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले डेढ महिनापछि मङ्गलवार गाडी फिर्ता गरेका छन्।

गत माघ २८ गते लुम्बिनीको सामाजिक विकास मन्त्री बनेका गुप्ताले चैत १२ गते राजीनामा दिएका थिए। त्यसपछि उनले सरकारी गाडी भने फिर्ता गरेका थिएनन्।

गुप्ताले मङ्गलवार दिउँसो मन्त्रालय पुगेर गाडी फिर्ता गरेको मन्त्रालयले जनाएको छ ।

पूर्वमन्त्री गुप्ताले मन्त्री भएको समयमा मन्त्रालयबाट लगेको लु १ झ ७४१ नम्बरको गाडी मङ्गलवार मन्त्रालय ल्याएर बुझाएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस