संसदीय समितिलाई कर्मकाण्डी नबनाउन रवि लामिछानेको माग  « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

संसदीय समितिलाई कर्मकाण्डी नबनाउन रवि लामिछानेको माग 


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिलाई प्रभावकारी बनाएर जानुपर्ने भन्दै उनले उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्नेबारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए।

उनले भने,‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ। तर, संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन। कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस