सरकारको एक्लो प्रयासले घर तथा आवासको समस्या समाधान हुदैन् : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारको एक्लो प्रयासले घर तथा आवासको समस्या समाधान हुदैन् : मन्त्री श्रेष्ठ


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले भूमि र आवासको समस्या समाधान गर्न आवश्यक रहेको बताएकी छन् । यसको लागी तीनै तहका सरकारबीच सहकार्य आवश्यक भएको उनले बताइन् ।

मङ्गलवार नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित मुलुकको आर्थिक वृद्धिमा घर जग्गा क्षेत्रको सम्भावना’ विषयक कार्यशालामा उनले यस्तो बताएकी हुन् ।

सबै सरकारी र निजी क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै सहरमा धन आर्जन, शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधा बढी रहेको उनको भनाइ छ ।

उनले सरकारको एक्लो प्रयासले घर तथा आवासको समस्या समाधान हुन नसक्ने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस