सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको छ : मन्त्री किराँती « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको छ : मन्त्री किराँती


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद र सरकार अरूले नै चलाउने अनुभूति भएको बताएका छन् ।

मङ्गलवार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरवारमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेशको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसदमा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईँहरूले बोलिदिनु पर्‍यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ । ’

Tags :
प्रतिक्रिया दिनुहोस