अष्ट्रेलियाली परराष्ट्र सहायकमन्त्री नेपालमा « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

अष्ट्रेलियाली परराष्ट्र सहायकमन्त्री नेपालमा


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । परराष्ट्र मामिलासम्बन्धी अष्ट्रेलियाली मन्त्री टिम वाट्स मङ्गलवार काठमाडौँ आइपुगेका छन्। दुईदिने भ्रमणका क्रममा उनी नेपाल आएका हुन् ।

अष्ट्रेलियाली राजदूतावासका अनुसार अष्ट्रेलियाबीच गहिरिँदो सम्बन्ध र सहकार्यका अवसरबारे छलफल हुने जनाएको छ।

सहायक मन्त्री वाट्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। नेपाल र अष्ट्रेलियाबीच ६३ वर्ष पुरानो दौत्य सम्बन्ध छ।

सहायक मन्त्री वाट्स ई.सं १३औँ शताब्दीमा निर्मित पाटनको सुलीम टोलस्थित रत्नेश्वर मन्दिरको टुँडाल फिर्ता गर्न पाटन संग्राहालयमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। नेपालबाट चोरी भएर अस्ट्रेलिया पुगेको टुँडाल आर्ट ग्यालरी न्यु साउथ वेल्सले नेपाललाई फिर्ता गरेको छ। उक्त सङ्ग्रहालयका निर्देशक डा. माइकल ब्राण्डले उक्त टुँडाल हस्तान्तरण गर्ने कार्यक्रम छ।

उनले काठमाडौँ विश्वविद्यालय भ्रमण गर्ने कार्यक्रम छ । त्यसक्रममा सहायक मन्त्री वाट्सले हाल अष्ट्रेलियाली संस्थाहरू र विश्वविद्यालयबीच भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायतका विषयहरूमा भविष्यमा हुने सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस