६ करोडभन्दा बढीको जुत्तासहित तीन ट्रक नियन्त्रणमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६ करोडभन्दा बढीको जुत्तासहित तीन ट्रक नियन्त्रणमा


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । हेटौँडा उपमहानगरपलिका-१५ स्थित पूर्व-पश्चिम लोकमार्गबाट प्रहरीले ६ करोड रुपैयाँभन्दा बढीको जुत्तासहित तीन ट्रक नियन्त्रणमा लिएको छ।

अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) बराबरको ना ३ ख ७४५०,‍ ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्तासहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्रले विल विजक शङ्कास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस