लडाकू शिविरको छानबिन गर्न वाइसिएल अध्यक्ष श्रीपालिको माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लडाकू शिविरको छानबिन गर्न वाइसिएल अध्यक्ष श्रीपालिको माग 


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भातृ सङ्गठन वाइसिएल नेपालका अध्यक्ष सुबोधराज श्रीपालिले लडाकू शिविर (क्यान्टोनमेन्ट) को छानबिन गर्न प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग माग गरेका छन्।

वाइसिएल नेपाल लगायत माओवादी निकट जनवर्गीय सङ्गठनहरूले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता जनाउँदै बानेश्वरमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष श्रीपालि यस्तो बताएका हुन्। 

श्रीपालिले गणतन्त्र प्राप्ति आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरूलाई पटक-पटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्यतथ्य छानबिन गर्न माग गरेका हुन्।

सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठूला नेताहरूलाई कानुनको कठघरामा उभ्याउँदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर काँग्रेस, एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नुपर्ने बताए।

नक्कली भुटानी शरणार्थी बनाएको आरोपपछि फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा लुकाएर राखेको समेत उनको आरोप छ।

Tags :
प्रतिक्रिया दिनुहोस