मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य छ : उपराष्ट्रपति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य छ : उपराष्ट्रपति


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताएका छन् । 

त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनार्ई छ । 

स्वप्नबालिका प्रकाशनद्वारा शुक्रबार आयोजित कार्यक्रममा स्व.नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धा: प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए ।

उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पुर्‍याएको योगदानको चर्चा गरे ।

पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशितालगायतमा समेत नेता पाठकको महत्पूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।

स्व.पाठकको राजनीतिक योगदान प्रशंसायोग्य रहेको बताउँदै उनी बालसुलभ चेतना भएको नेता र कुशल अभिवक्ता भएको स्मरण गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस