एमाले केन्द्रीय कमिटी बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले केन्द्रीय कमिटी बैठक सुरु


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको हो । आजको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँच वटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् ।

जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यलगायतले रिपोर्ट प्रस्तुत गर्ने छन् ।

‘रिपोर्टहरूमाथि ८ समूहमा छलफल हुनेछ र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्य योजना पेस हुनेछ’, प्रचार विभाग प्रमुख विष्णु रिजालले भने, ‘त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्य योजना बनाउन शनिवार बिहान स्थायी कमिटी बैठक बस्नेछ । त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्य योजना प्रस्तुत हुनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस