वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । सरकारले वैदेशिक रोजगारका कामदार भर्तीका लागि श्रमिकको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ । 

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने उल्लेख छ ।

सोही दिन विज्ञापन प्रकाशित भएको जानकारी भने वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाले श्रमिकहरू कामदार मागबारेका सूचना लिन प्रत्येक कम्पनीको वेबसाइटमा पुग्नुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ ।

कम्पनीको वेबसाइटपोर्टलहरु खोज्न नसक्ने श्रमिकहरू सूचनाबाट नै वञ्चित हुने गरी सरकारले पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस