२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् प्राधिकरणका सञ्चालक नियुक्तिमा कडाइ, योग्यता तोक्न ऐन संशोधन गरिँदै 

अ+ अ-

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक नियुक्तिलाई कडाइ गर्ने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ मा संशोधनको प्रस्ताव गर्दै सञ्चालक सदस्यहरूको योग्यता तोक्न प्रस्ताव गरिएको छ ।

प्राधिकरणमा सञ्चालक हुन अब अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र वित्त व्यवस्थापन वा परियोजना लगानीको क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको वा विगत पाँच वर्षदेखि कम्तीमा १२ जना नेपालीलाई रोजगारी प्रदान गरी नेपाल सरहदभित्र उद्योग सञ्चालन गरिरहेको व्यक्तिहरूमध्येबाट एकजना मनोनीत गर्न सक्ने प्रस्ताव गरिएको छ । हाल उद्योग वाणिज्य तथा वित्तीय क्षेत्रमा संलग्न व्यक्तिमध्येबाट एक जना सदस्य नियुक्त गर्ने व्यवस्था छ ।

यस्तै कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र उपभोक्ताको हक हितसँग सम्बन्धित निकाय वा संस्थामा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेको विद्युत् उपभोक्ताहरूमध्येबाट अर्का एक जना सञ्चालक मनोनीत हुने गरी ऐन संशोधन गर्न प्रस्ताव गरिएको छ । हाल विद्युत् उपभोक्तामध्यबाट एक जना नियुक्त गर्ने व्यवस्था छ ।

इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी जलविद्युत वा पूर्वाधारको क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएका व्यक्तिहरूमध्येबाट दुई जनालाई सञ्चालकमा मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । अहिले विद्युत् क्षेत्रमा विशेषज्ञता हासिल गरेको २ जनालाई सदस्य बनाउन सक्ने व्यवस्था छ ।

ऐन संशोधनपछि हाल प्राधिकरणका रहेका सदस्यहरू मनोनीत हुँदाका बखत तोकिएको कार्यविधिसम्म बहाल रहने प्रस्ताव विधेयकमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस