२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राचीन सभ्यतामा आधारित सांस्कृतिक जीवन काठमाडौँ पर्यटनको महत्त्वपूर्ण सूचक : डङ्गोल 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौँ सहरमा पर्यटनको महत्त्वपूर्ण सूचक भएको बताएकी छिन् । 

चीनको छाङ्सामा चलिरहेको फ्राग्रान्ट टुरिजम समिटमा बोल्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘पर्यटन पूर्वाधारका लागि भूगोल, मानवीय सभ्यता, प्राकृतिक सम्पदालगायत विभिन्न आधार र सूचक हुन सक्छन् । काठमाडौँ कला, साहित्य, सिर्जना र सभ्यतासँग सम्बन्धित रोचक तथ्य भएको ठाउँ हो । यसको विशेषतालाई हामी पर्यटन व्यवस्थापनसँग जोड्दैछौँ ।’ 

उपप्रमुखसँगको डाइलग प्यानलमा मोल्डोभाको चिसिनाउ नगरका प्रमुख लोन केवान, टुर्कीको इज्मिर नगरका प्रमुख टुङ्क सोयेर, मुरितियुसको पार्ट लुइस नगरका प्रमुख माफुज मौसा क्याडरसिबलगायत सहभागी थिए । उनीहरूले आफ्ना आफ्ना सहरका विशेषता र पर्यटन पूर्वाधारका सूचकका विषयमा धारणा राखे । 

सेसनमा पेरुको माचापिचु नगरका प्रमुख एल्भिन लेसिन, चीनको सान्या नगरका प्रमुख सुन ली सहभागी थिए । 

वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा उपप्रमुख डङ्गोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको ४ सदस्यीय प्रतिनिधि मण्डल समिट सहभागी भएको छ । कार्यभार सम्हालेपछि उपप्रमुख डङ्गोल पहिलो पटक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएकी हुन् । 

सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदानका कार्यक्रम छन् । सहरी पर्यटन, कोविडपछिको पर्यटन पुनः स्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतीकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् । बिजनेस टु बिजनेस (बीटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ ।  

सम्मेलनबाट प्राप्त हुने प्रतिवेदनबाट पर्यटन उद्योगको विश्वव्यापी, क्षेत्रीय,  राष्ट्रिय तथा सहर स्तरीय परिप्रेक्ष्य निर्धारण हुनेछन् । सम्मेलनले पर्यटन विकासका मुख्य ५ विशेषता निर्धारण गर्नेछ । 

प्रतिक्रिया दिनुहोस