एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि ‘२०८०’ कार्यान्वयनमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि ‘२०८०’ कार्यान्वयनमा


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको हो । 

नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवर्द्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिमा सहजीकरण लगायतका श्रम तथा रोजगार सम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृत रूपमा प्रदान गर्न मन्त्रालयले उक्त कार्यविधि ल्याएको हो ।

उक्त कार्यविधि अनुसार स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्र मार्फत श्रम बजार सम्बद्ध सूचनाको सङ्कलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवर्द्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारउन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस