दश किलो चरेससहित २ महिला पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

दश किलो चरेससहित २ महिला पक्राउ


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लागु औषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ खनियाबास घर भएकी ४९ वर्षकी सङ्गीता तामाङ र धादिङकै सत्यवती घर भएकी ५९ वर्षकी सेती तामाङ रहेका छन्।

कृष्णनगर नगरपालिका-२ लिङ्क गेट हुँदै भारत तर्फ लैजान लागेको अवस्थामा १० किलो चरेससहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिराज पछाई नेतृत्वमा खटेको टोलीले शङ्काको आधारमा खानतलासी गर्दा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस