सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् ।

राष्ट्रिय सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरूको मङ्गलवार जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

सरकारले प्रतिबद्धता गरेका कुराहरूबाट पछि नहट्ने उनले बताए ।

‘सामाजिक सुरक्षाका विषयमा केही आशङ्का उठेका छन्, तर हामीले प्रतिबद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौँ ।’

मन्त्री डा.महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस