गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : सांसद घिमिरे « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ : सांसद घिमिरे


२६ बैशाख २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने बताएका छन् ।

मङ्गलवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै विदेशी मदिराको आयातमा रोक लगाइ स्थानीय मदिराको ब्रान्डिङ गरेर विश्व बजारमा पुर्‍याउने, गाँजा खेतीलाई वैधानिकता दिने कामको सुरुआत गर्नुपर्ने उनले बताएका हुन् ।

उनले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट ल्याइनुपर्ने बताए ।

उनले भने, ‘मुलुकमा आर्थिक सङ्कट आई आम जनता आर्थिक मन्दीको सिकार भइरहँदा केही मुठ्ठीभर व्यापारी घरानाको सम्पत्ति अस्वाभाविक रूपमा वृद्धि हुँदै जानुको कारण नीतिगत विचलनको माध्यमबाट दलाल नोकर शाही पुँजीवादीको वर्चश्व कायम हुँदै जानु हो । यसर्थ, आगामी आर्थिक वर्षको बजेटमा उत्पादनशील क्षेत्रलाई बलियो बनाउने गरी ल्याइनुपर्छ ।’

उनले उत्पादनशील क्षेत्रको विकासबाट नै रोजगारीको अवसर सिर्जना हुने र त्यसले राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने धारणा राखे । उनले वातावरणमा कम असर पर्ने गरी देशमा भएको चट्टानी श्रृंखलाको उत्खनन गरी त्यसलाई निर्यात गर्न सके व्यापार घाटा कम गर्ने सकिने बताए ।

साथै, विश्वका विकसित मुलुकहरूले आफ्नो देशमा भएको स्रोत, साधन भरपुर प्रयोग गरेर आर्थिक समृद्धि हासिल गरे पनि हामीले प्राकृतिक स्रोत, साधनको भरपुर प्रयोग गर्न नसकेको बताए ।

‘हामीसँग पर्याप्त मात्रामा ढुङ्गा, गिट्टी, वनपैदावर जस्ता प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने सम्भावना छ । हामीसँग भएको वनजंगल, रुख हुन कुहिएर गएका छन् । तर, विदेशबाट अर्बौँको फर्निचर आयात भइरहेको छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस